बझाङ केन्द्र विन्दु भएर मध्यराति फेरि भुकम्प

बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ। बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गएिको छ। भूकम्पका कारण मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए।

सुदूरपश्चिम प्रदेशको बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्। १६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए। भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *