बाँकेको सिडियाेमा श्रवणकुमार पोखरेल आउदै

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ)इलामका सीडीओ श्रवणकुमार पोखरेललाई सरूवा गरेको छ । हाल बाँकेका प्रमुख जिल्ला अधिकारी  विपिन आचार्यसहित चार जिल्ला प्रमुखको सरुवा गरेको छ । आचार्यसहित दोलखा र इलामका सीडीओको सरुवा भएको हो ।

अघिल्लो साता बाँकेको नेपालगञ्जमा भड्किएको धार्मिक विवाद समयमै नियन्त्रण गर्न नसकेपछि उनको सरुवाको माग गरिएको थियो । धार्मिक विवादमा बेलैमा स्थानीय प्रशासन र प्रहरीले पहल नदिँदा दुई समुदायबीच झडपको स्थिति आएको थियो । झण्डै एक साता कर्फ्यु र निषेधाज्ञा लगाइएको थियो ।

सहसचिव आचार्यलाई गृह मन्त्रालयमा तानिँदा उनको ठाउँमा इलामका सीडीओ पोखरेललाई पठाइएको छ । त्यस्तै, दोलखाका सीडीओ कोमलप्रसाद धमाललाई जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा गरिएको छ ।

त्यस्तै, सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरुवा भएको छ भने गृह मन्त्रालयमा रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ ।