बाँकेको जानकी गाउँपालिकाले अपांग परिचयपत्र वितरण स्थगित गर्याे


बाँकेको जानकी गाउँपालिकाले अपांग परिचयपत्र वितरण शिविर स्थगित गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पाैडेलले आज सूचना जारी गर्दै साे कुराकाे जानकारी गराउनु भएको छ ।

जानकी गाउँपालिकाका अपांग नागरिकका लागि प्रदान गरिने परिचयपत्र वितरणकाे शिविरनै संचालन गर्ने भनी यही १९ गते सूचना प्रकाशित गरिएको भएपनि कर्मचारीकाे विराेध कार्यक्रम (पेन डाउन) का कारण शिविर स्थगित गरिएको सूचनामा जानकारी गराइएको छ । गाउँपालिकाले २६ गतेदेखि संचालन गर्ने भनिएको परिचयपत्र वितरण शिविर स्थगित गरेको हाे ।

देशभरका स्थानीय तहका कर्मचारी आफ्ना मागसहित आन्दोलनरत रहेको बताउदै परिचयपत्र वितरणमा स्थगित गरिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *