नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज ईकाइ कमिटीले पर्वहरूकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रम प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर वेदराज केसीले साँगठनीक कामका साथै प्राज्ञिक कार्यमा पनि प्रगतिशील प्राध्यापक संगठनका हरेक सदस्यले अब्बल भएर काम गर्नु पर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयकाे शैक्षिक र प्रशासनीक प्रणाली समयानुकूल परिवर्तनका लागि संगठनले सिर्जनात्मक सुझाव दिदै आएको बताउनुभयो ।
सेवा निवृत्त सहप्राध्यापक एवम् नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सचिव कृष्णकुमार लम्सालले प्राज्ञिक अनुसन्धानका साथै र पेशागत हकहितका लागि संगठन अझै सशक्त भएर क्रियाशील हुनुपर्ने बताउनु भयो ।
संगठनले दशै, तिहार, छट, नेपाल संवत् लगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान र लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेका सेवा आयाेग सदस्य प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेलाई सम्मान पनि गरेको थियोे । कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसबाट अवकाशप्राप्त सहप्राध्यापक अमरेन्द्रकुमार पाण्डेलाई विदाई गरिएको इकाई कमिटीका सचिव दमनध्वज डिसीले जानकारी दिनु भयाे ।
शुभकामना आदानप्रदान कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत प्रगतिशील प्राध्यापक संगठनमा आबद्ध सबै प्राध्यापककाे सहभागीता रहेको थियो ।
कार्यक्रममा सम्मानित प्रा.डा. घिमिरे, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्यद्वय डाक्टर चक्रबहादुर बम, सहायक क्याम्पस प्रमुख भुवनेश्वर लामिछाने, संगठनका लुम्बिनी प्रदेश सचिव डाक्टर लक्ष्मण पाेखरेल, बुद्धिजीवी परिषद् बाँकेका अध्यक्ष भेषराज भुसाल लगायतले समसामयिक विषयमा आफ्ना धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रम इकाई अध्यक्ष गिरिराज पाैडेलकाे अध्यक्षता र सचिव डिसीले संचालन गर्नु भएको थियो ।