काेहलपुरमा बाघले खाेरबाटै १४ खसीबाख्रा मार्याे


बाँकेको कोहलपुर नगरपालिका वडा नं.१३ भरैया सिराहाका दुई किसानका खसी र बाख्रा बाघले मारेको छ ।

भरैयाका किसान  शसिराम वली र नैने रानाकाे गाेठमा रहेका १४ वटा खसी र बाख्रा  शुक्रबार  राती बाघले खोरैबाट तानेर बाघले मारेको स्थानीय बल्लु घर्ती आफ्नो फेसबुकमा राख्नु भएको छ । उहाँले मारेका खसी बाख्रा र आधिभन्दा बढी बाघले खाएका खसीको समेत फाेटाहरू पाेष्ट गर्नु भएको छ ।

स्थानीय बासी घर्तीका अनुसार १४ वटा बाख्रा खसी मध्ये बाघले केही खाएको र  केहि मारेर छोडेको जानकारी गराउनु भएको छ । बर्षौ देखि दुःखगरि पालेको सम्पत्ति यसरी रातारात सखाप पार्यो भने कृषकहरुले कसरी जीवीकाेपार्जन गर्ने भन्दै बाघ संरक्षणक्का लागि स्थापना गरिएको नेपालकै सबैभन्दा नयाँ  बाँके राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकायलाई क्षतिपूर्तिका लागि  गम्भीरतापूर्वक सोच्नु पर्ने बताउनु भएको छ । बाघका कारण बाँके राष्ट्रिय निकुञ्ज आसपासका नागरिक जीवन र धनकाे क्षति व्यहोर्दै आएका छन् ।