कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिदै । कार्कीले विश्वासको मत लिने सूचना प्रदेशसभालाई सोमबार दिएका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेशसभालाई सूचना दिनुपर्ने प्रदेशसभा नियमावलीको व्यवस्था छ। कोशी प्रदेशमा असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै असोज २० गते स्थगित प्रदेश सभा बैठक कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बस्ने सूचना जारी गरेको हो। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिन एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कार्की एक साताभित्र विश्वासको मत लिने तयारीमा हुनुहुन्छ

यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ। बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले पनि समर्थन गर्ने माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रतीले बताए।