आज तुला संक्रान्ति, दिन र रात बराबर हुने

आज कार्तिक १ गते कार्तिक संक्रान्ति । यो संक्रान्तिलाई तुला संक्रान्ति पनि भनिन्छ । सूर्य यसै दिनबाट तुला राशीमा प्रवेश गर्ने भएकाले यो दिनलाई तुला संक्रान्ति पनि भनिएको हो ।

यस दिनको अर्को विशेषता भनेको दिन र रात बराबर हुने गर्दछ । संक्रान्तिमा सत्यनारायण भगवानको पूजासँगै दान पूण्यकर्मका शुभ रहन्छन् ।

यसैगरी यस दिन पञ्चाङ्गको फल पनि श्रवण गरिन्छ । पञ्चाङ्गको फल श्रवण गर्नाले गंगा स्नान गरे बराबरको फल प्राप्त हुन्छ । कार्तिक महिनाका देवता दामोदर र मासदेवी राधा हुन् ।

यस दिन बसिने व्रतले चिताएको शुभफल दिने जनविश्वास रहेको छ । वैदिक सनातन् हिन्दु क्यालेन्डर अनुसार अाजदेखि सातौं महिना अर्थात कार्तिक शुरु भयो ।

यस विशेष प्रभावले खेतमा काट्न तयार अवस्थामा रहेका अन्न वालीहरु राम्रो ताैल भएर भित्रिउन र राम्रो हिसाबले कुनैपनि प्राकृतिक विपत्तिविनानै अन्नको भण्डारण गर्न सकियोस भनेर पूजाअर्चना गरिन्छ ।