दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।