एसीसी अन्डर नाइन्टिन प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बायोमास ओभलमा खेल बिहान सवा ७ बजे सुरु हुनेछ।
नेपाली टोली समूह एु र जापान समूह डीको विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। यूएई समूह बी र सिंगापुर समूह सी को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। दोस्रो सेमिफाइनल खेल पनि आजै हुनेछ।
नेपालले समूह चरणका तीन वटै खेलमा जित हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३०२ रनले पराजित गरेको थियो।
एसियाका १६ एसोसिएट टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष तीन टोलीले डिसेम्बरमा पाकिस्तानमा आयोजना हुने एसीसी अन्डर नाइन्टिन एसिया कपमा स्थान बनाउने छन्।