बाँकेको जानकी गाउँपालिका क्षेत्रका सबै शैक्षिक संस्थाहरूमा माघ ५ गतेसम्मका लागि विदा दिने निर्णय आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना प्रकाशित गर्दै अत्यधिक चिसाेका कारण पठनपाठनमा समस्या हुने भएकोले ५ गतेसम्म बन्द हुने भनिएको छ । विद्यालय, मदरसा , बालविकास लगायतका शैक्षिक संस्था बन्द गरिएको छ ।