वेलभारमा भगवान् श्रीरामको प्राण प्रतिष्ठामा खुसियाली मनाइयो

त्रेता युगदेखि नै मिथिला राजकुमारी सीता र अवधको राजकुमार रामको विवाह भएदेखि नै जनकपुर नेपाल र अयोध्या भारतको सम्बन्ध जोडिएको छ । भारतको अयोध्यामा माघ ८ गते आज राम मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा भएको छ ।

यस अवसरमा भगवान् रामको ससुराली एवम् माता जानकीको माइती नेपालका विभिन्न स्थानमा धूमधमाका साथ खुसीयाली मनाइयाे । यसैगरी बाँकेको जानकी गाउँपालिका वेलभारमा पनि धुमधामका साथ खुसियाली मनाईएकाे छ ।

खुसियाली मनाउने क्रममा रामलाई संझने र रामवाण जस्ता चित्र बनाएर रामकाे जयजयकार गरिएको थियो । यसैगरी दिप प्रज्वलन, चन्दन ग्रहण लगाएतका कार्यक्रम गरिएको थियो ।
हर्ष उल्लासका साथ वेलभारका अधिकांश हिन्दु धर्मावलम्बीले दीप प्रज्वलनमा सहभागिता जनाएका छन् ।

त्याग र समर्पणका प्रतीक मर्यादा पुरुषोत्तम भगवान् श्रीरामलाई विश्वका सनातन धर्मावलम्बीले पूजा गर्छन् । भगवान् रामको विवाह माता सीतासँग भएकाले रामलाई भिनाजु सरह मान्यता दिएका छन् ।
बिष्णु शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *