शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मन्त्रीहरुको मात्र सोचले देश परिवर्तन गर्न सम्भव नहुने बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५/७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशील हुनुपर्छ ।’
अब राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको पनि मन्त्री राईको भनाइ छ । अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न बन्न नसकेको उनको धारणा छ ।