टी-२०सिरिजः नेपालले फाइनल खेल्न आज नामिबियालाई हराउनै पर्ने

त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नामिबियालाइ पराजित गर्नै पर्ने दवाव छ । आज नेपाल पराजित भए फाइनल खेल्न नपाउने समीकरण प्रष्ट बनेको हो । ।

नेदरल्यान्ड्स नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले  आज नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदा २ अंक मात्रै हुन्छ । त्यसैले नेपाल नामिबियासँग पराजित भएमा फाइनल खेल्न नपाउने समीकरण प्रष्ट बनेको हो । फाइनल खेल्ने संभावना कायमै राख्न नेपालले शुक्रबार नामिबियालाई हराउनै पर्ने हुन्छ । नेपाल बाँकी दुबै खेलमा विजयी भएमा ४ अंक हुनेछ ।

नेपाल बाँकी दुबै खेलमा विजयी भएमा र आइतबार नामिबियाले नेदरल्यान्ड्ससँग हारेको खण्डमा भने सोझै फाइनलमा पुग्नेछ । शीर्ष दुई टोलीले त्रिकोणात्मक सिरिजको फाइनल खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।