गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरूमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
सडक किनार अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू हटाउन आइतबार डोजर चलाएको महानगरपालिकाले जनाएको छ । गौशाला चोकदेखि सिनामंगलतर्फ बागमती पुलसम्म अतिक्रमण गरेर बनाएका घर तथा पसलहरूमा डोजर चलेको हो ।