आज जून १४, विश्व रक्तदान दिवस

हरेक वर्षको जून महिनाको १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ, यो दिनमा । यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो । सन् २०२१ को विश्व रक्तदाता दिवसको नारा भने न्ष्खभ दयियम बलम पभभउ तजभ धयचमि दभबतष्लन तय भएको छ ।

यसको अर्थ, विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ भन्ने हो ।

रक्तदानको इतिहास

सन् १९६५ भन्दा अगाडिको समयमा लैजान चाहन्छु, उतिबेला चिकित्साशास्त्र आधुनिककालमा जति आधुनिक हुने सवाल नै रहेन । एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत प्रवाह गरिँदा धेरै दुर्घटनाहरू अनि वियोगहरू भएका थिए ।

रिचार्ड लोवर भन्ने एउटा वैज्ञानिकले एउटा कुकुरबाट अर्को कुकुरमा रगतको प्रवाह गर्दा दुवै कुकुर जीवित नै भए । यसो गर्दा यिनले रगतको प्रवाह, रगत जम्ने प्रक्रिया लगायत अन्य थुप्रै तथ्यहरू फेला पारे । उनको त्यही सिकाईले पछि मानवीय चिकित्सा पद्धतिमा युगान्तकारी परिवर्तन ल्यायो । रक्तदानका पिता भनेर चाहिँ वैज्ञानिक कार्ल ल्यान्सटाइनरलाई चिनिन्छ । सन् १८६४ मा जून १४ तारिखमा अष्ट्रियामा जन्मेका यिनले रक्तदानमा गरेको योगदानलाई सन्झना गरिँदै आज विश्वभरि रक्तदाता दिवस मनाइन्छ ।

मानव रगतका समूहहरू एबीओ गु्रप सन् १९०३ मा यिनै कार्लले पत्ता लगाएका थिए । यसरी रक्त समूहको पहिचान भएपछि रक्तदानले मानव चिकित्सा पद्धतिमा ठूलो फड्को मा¥यो । यसरी रक्त समूहहरूको पहिचान गरी समूह अनुसार रगत दिन थालेपछि कसैको पनि मृत्यु भएन । अनि सहजै रगतको आवश्यकतामा रहेका बिरामीहरूलाई जोगाउन सकिने भयो ।

हरेक वर्ष ठूलो संख्यामा मानिसहरूलाई रक्तदानका कारणले गर्दा मृत्युबाट जोगाउन सम्भव छ । अझ महामारी, युद्ध र दुर्घटनाका समयमा त रक्तदानको महत्व झनै धेरै हुन्छ । कोरोना संक्रमणका समयमा पनि ‘प्लाज्मा थेरापी’ लगायत अन्य थुप्रै रक्तजन्य दानका कारणले बिरामीहरूको जीवन रक्षार्थ सहज भएको छ ।

नेपालमा पनि सरकारी तथा गैरसरकारी संस्थाहरूको नेतृत्व र सहजीकरणमा स्वयंसेवाउन्मुख रक्तदान कार्यक्रमहरू गरिन्छ । रेडक्रस, परोपकार लगायत अन्य थुप्रै संस्था, सञ्जालहरू अनि पछिल्लो समयमा त फेसबुक समूह, ट्वीटर रिट्वीटहरू लगायतका कारणले पनि रगत खोज्न ‘डिजीटल्ली’ सरल भएको छ । आज ती समस्त रक्तदाता, सहजीकरण गर्ने व्यक्तिहरू, शेयर र कमेन्ट गरेर सम्बन्धित पक्षसम्म पोष्ट पु¥याउने मानिसहरूलाई साधुवाद छ । रगतको अभावले कसैले जीवन गुमाउन नपरोस्, यो हामी सबैको दायित्व हो ।

आज सम्झना गर्न चाहन्छु, युथ फर ब्लड, ब्लड पाल नेपाल लगायत अन्य थुप्रै रक्तदानलाई सहजीकरण गर्ने सञ्जालहरूलाई, कसैको जीवन जोगाउन आफैँ फोन गरेर अस्पतालको दैलोसम्म आइपुगिदिने रक्तदाताहरू लगायत सबै सहयोगी हातहरूलाई ।

कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
उमेरले १८ वर्ष पूरा भएको ६० वर्षसम्मका पुरुष वा महिलाहरूले रक्तदान गर्न सक्छन् । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि हुनुपर्छ । ब्लड प्रेशर ११०÷७०, १६०÷९५ मि.मि. मर्करी हुनुपर्छ ।

त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्छ । जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरूले रक्तदान गर्न हँुदैन ।

उल्लेखित रोग नभएका स्वस्थ मानिसले पुरुषले हरेक तीन महिनामा र महिलाहरूले महिनावारी नभएको अवस्थामा, बच्चा पेटमा नभएको अवस्थामा र बच्चाले दूध खाने अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्न सक्छन् ।

नेपालमा रक्तदानको इतिहास ७० वर्ष पुरानो छ । नेपालका प्रथम रक्तदाता दयावीरसिंह कंसाकारले वि.सं. २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’को पुनीत अभियान सुरु गरेका थिए । तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरेर यो अभियानलाई अघि बढाएको इतिहास छ । प्रेमसागर कर्माचार्य नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिमा पर्छन् । ‘ए पोजेटिभ’ रगत भएका उनले हालसम्म १३५ पटक रक्तदान गरी पुण्य अभियानमा समर्पित छन् ।
रक्तदान गर्नु हामी सबैको दायित्व हो । जीवनदान भन्दा ठूलो पुण्य केही हुँदैन । रक्तदाता दिवसको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *