नेपालले १०७ रनको विजयी लक्ष्य पायाे

आईसीसी टी–ट्वेन्टी विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले १०७ रनको विजयी लक्ष्य पाएको छ।

सेन्ट भिन्सेन्टको किङ्सटाउनस्थित आर्नोस भेल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०६  रन मात्र बनाउन सक्यो।