तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिनुभयो । सो ठाउँ निवासी वर्ष ५४ को डिलबहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले जानकारी दिनुभयो । प्रनाउ रायका अनुसार बिरामी भएकामध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ का डिलबहादुर गुरुङ, वर्ष ५७ का मधु गुरुङको उपचार भइरहेको छ ।