२२ वडाले न्यूरोडको बिरुवा उखेलेर रेलिङ काटे

महानगरपालिकाकाको न्यूरोडको फुटपाथमा रहेको विरुवा २२ नम्बर वडाले उखेलेको छ । वडाध्यक्ष चिनकाजी श्रेष्ठसहितको रोहबरमा विरुवा उखेलेर रेलिङ काटेका हुन् ।

न्यूरोडको फुटपाथमा रहेको विरुवा हटाएर, कुमारीको आँखा आकृतिमा राखिएको फुटपाथ र सडकको बिचमा राखिएको रेलिङ समेत काटेको वडासदस्य चन्द्रमान तुलाधरले  बताए ।

महानगरका एक नगर प्रहरी अधिकृतका अनुसार वडाध्यक्ष श्रेष्ठले ३० जेठदेखि नै विरुवा उखेल्ने मान्छे खटाएका थिए । ‘३० गतेदेखि विरुवा उखेलिन थालेछन्, केही दिनपछि थाहा भयो, २८४ वटा विरुवा उखेलेपछि नगर प्रहरीले हस्तक्षेप गरेका हुन् । अहिले रोकिएको छ,’ महानगरका एक कर्मचारीले भने ।

यस्तै २२ नम्बर क्षेत्रभित्रको न्यूरोडको फुटपाथमा रहेको २५ वटा रेलिङ पनि वडाले काटेको छ । काटेको रेलिङहरु महानगर प्रहरीको नियन्त्रणमा रहेको ती कर्मचारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *