नेपालगन्जकाे रेडियो मर्निङ स्टार स्टेशन म्यानेजर, गुड न्युज राष्ट्रिय साप्ताहिक तथा गुड न्युजखबर डटकमका सम्पादक डा. डक्टप्रसाद धिताल भारतको राजधानी नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ ।
आइतबार एक विषेश समारोहबिच पत्रकार डा.धिताललाई भारतको नयाँ दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको कार्यक्रममा ‘अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड’ बाट सम्मानित गरिएको हो । अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतीय मुख्य डिजाइनर आस्मा गुल्जार, मदम श्री सुन्त्याको हातबाट डा. धिताललाई सम्मान गरिएको ब्राण्डम्यानका अध्यक्ष अंकित कौशिकले बताउनुभयो ।
पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बायोडाटाको आधारमा छनोट गरेर डा.धिताललाई सम्मान गरिएको संस्थाकी सदस्य निलमले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३२ प्रान्तका ६९ जनालाई सम्मान गरिएको थियो ।
राजदुत महरुवाले कार्यक्रममा बोल्दै सम्मानित सबैलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई सम्मान गर्ने संस्थालाई धन्यवाद दिनुभयो । त्यस्तै मुख्य फेसन डिजाइनर गुल्जारले ब्रान्डम्यानले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै संस्थाको प्रसंशा गर्नुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सम्मानितहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।