नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तो पथभ्रष्ट समाज इतिहासमा कहिल्यै नभएको बताउनु भएको छ ।
राष्ट्रिय समाचार समितिमा अन्तरवार्ता दिने क्रममा उहाँले समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदिन खस्कँदै गएको बताएकाे थाहाखबरमा प्रकाशित छ ।
अहिलेको जस्तो मर्यादाहीन स्थिति यसअघि नेपालको इतिहासमै कहिल्यै नभएको भन्दै ओलीले राज्यको एक अङ्गका रूपमा रहेर, राज्यको मानो खाएर समाजलाई पथभ्रष्ट बनाउने काम भइरहेको बताउनु भयाे
‘अहिले मान्छेहरुले जे पनि भनेको छ जस्लाई पनि लान्छना लगाएको छ।’ अहिले जस्तो मर्यादाहीन समाज कहिले पनि थिएन्।’ ओलीले भन्नु भयो, ‘ राज्यको मानो खाएर राज्यलाई दोहन गरेर बेठिक कुराहरुको प्रचार प्रसार र बेठिक क्रियाकलाप पथ भ्रष्टता हो। यस्तो पथभ्रष्टता नेपाली इतिहासमा कहिले पनि थिएन।’
ओलीले पहिलेको व्यवस्था खराब भएको भन्दै त्यतिबेला बोल्ने छुट कसैलाई नभएको र कुनै अवसर नभएको समेत जिकिर गर्नु भएको छ । ‘संसदमा कस्ता छलफल हुने गरेका छन्ः यो यहाँहरूले, सबै देशवासीले देख्नुभएकै छ। पञ्चायतकालमा त मानवअधिकार नै थिएन र हामीले निष्कर्ष निकालेका थियौँ कि त्यो अन्धकारको समय थियो।’