रारामा डुबेर एक जनाको मृत्यु

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायाँनाथ रारा नगर नगरपालिका वडा नं ५ कार्की बडा गाउँ बस्ने २१ वर्षीय शिशिर रावल रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जानकारी दिएको छ । बिहीबार दिउँसो २ बजेको समयमा स्थानीय शिशिर कार्की तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *