नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पदाधिकारी र केन्द्रीय सदस्यसमेत सर्वसम्मत भयो भनेर सार्वजनिक भएको विषयप्रति आपत्ति जनाएकी छिन् ।
उनले अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललमाथि प्रश्न राख्दै को पदाधिकारी,को सदस्य खैत खनाल कमरेड? यसरी सर्वसम्मत भयो भनेर प्रतिनिधिलाई घर पठाएको भन्दै आक्रोस पोखेकी छिन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘अाउनुस कफि पिउँ । अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारी देखि केन्द्रीय सदस्य सम्म सर्वसम्मत गर्याै । भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्याण्डेट कसले दियो? को पदाधिकारी,को सदस्य खैत खनाल कमरेड?