वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष माधव

फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्नुहुँदै यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले पार्टीहरु बिचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताउनुभयो । सबै राजनीतिक दलले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बतउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरुको बिचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरुले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *