ढलान भत्किएर पुरिएका १० जनाको उद्धार, २ जना अझै बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरुको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता एवम् डिएसपि शैलेन्द्र थापाले शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर हो ।

उहाँको अनुसार पुरिएकामध्ये नाम नखुलेका १० जनाको सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट तातोपानी सिन्धुपाल्चोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षाकर्मीले उद्धार गरेको हो । उद्धार गरिएका मध्ये एक जनालाई थप उपचारका लागि काठमाडौँतर्फ ल्याइएको छ भने पुरिएका अन्य दुई जनाको खोजी कार्य जारी छ ।