नेपाली कांग्रेसको संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले १७ असारमा भएको कांग्रेस एमालेबीच नयाँ सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गरेको छ ।
कांग्रेसले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनाउने सहमति भइसकेकाले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।