प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको छ। यही असार १७ गते राति दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए।
अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३ मत मात्रै पर्यो भने विपक्षमा १९४ मत परेको सभामुखले घोषणा गरे। मत दिन्न भन्नेमा एक मत पर्यो।
प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित थिए।