त्रिशूलीमा खसेको बसका थप १ यात्रुको शव भेटियो

सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो ।

शवको सनाखत हुन बाँकी छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ । योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ । जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन् ।

गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *