पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ

पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।

गत साता केही दिन राम्रो वर्षा भए पनि रोकिएपछि पानीको अभाव हुँदा रोपाइँ सुस्त हुन गई हालसम्म ६० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कार्यवाहक प्रमुख रामप्रकाश यादवले बताउनुभयो ।

उहाँले गत साता भएको वर्षालाई हेर्दा साउन पहिलो हप्तामा रोपाइँ सम्पन्न हुने अनुमान गरिएकोमा थप वर्षा नहुँदा रोपाइँ सम्पन्न हुन अझै केही समय लाग्ने बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी रोपाइँ राप्तीसोनारी गाउँपालिकामा भएको जनाउँदै कार्यवाहक प्रमुख यादवले सो पालिकामा हालसम्म ८० प्रतिशत रोपाइँ भइसकेको बताउनुभयो । त्यस्तै, जानकी, खजुरा तथा बैजनाथमा ५० देखि ६० प्रतिशतको हाराहारीमा रोपाइँ भएको बताउनुभयो ।

निरन्तर केही दिन वर्षा हुने हो भने जिल्लामा रोपाइँ एक साताभित्र सम्पन्न हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *