उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले अघिल्लोे सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् । मुलुकका दुई ठूला दल मिलेर सरकार बनाएकाले राजनीतिक स्थीरता पनि हुने उनको दाबी छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक अस्थीरता हुँदा जनचाहना अनुरुप काम नभएकाले अबको स्थीर सरकारले विगतको भन्दा राम्रो काम गरेर देखाउने बताए ।
मन्त्री सिंहले पालिकाहरु प्रत्यक्ष जनतासँग जोडिएकाले सरकार भएकाले जनअपेक्षा अनुरुप प्रभावकारी काम गर्न ध्यान दिनुपर्ने समेत बताए । नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सहज ढंगले सेवा पाउने वातावरण मिलाउन सुझाव पनि दिए ।