लुम्बिनी प्रदेशका ८ जना मन्त्रीकाे सपथ सम्पन्न

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रदेशका अन्य ८ जनालाई मन्त्री नियुक्त गरेका थिए।

एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्।

नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन्। गुल्मीका धनेन्द्र कार्की, प्युठानका रोज राणा, दाङका प्रचण्ड विक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन्। ​ कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राणा मात्रै यसअघि मन्त्री बनेका हुन् भने अरू सबै नयाँ हुन्।

नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन टुंगो लागेको छैन। मन्त्रालय टुंगो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका थिए।

नयाँ सत्ता समीकरणअनुसार गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ५ र नेकपा एमालेका मुख्यमन्त्री सहित ५ जना मन्त्री बनेका छन्। अन्य २ वटा मन्त्रालय नयाँ सत्ता समीकरणमा सहभागी हुने साना दललाई दिइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *