सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैहुनु हुन्छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो ।
उक्त दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल जान लागेका उहाँकाे सचिवालयले जानकारी गराएकाे छ । विमानस्थलमा नागरिक उड्यन प्राधिकरणका अधिकारीलाइृ बाेलाइएकाे सचिवालयले जानकारी दिएकाे छ ।