प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको निधन भएकोमा दुःख व्यक्त गर्नु भएको छ । उहाँले दुर्घटनाका बारेमा अहिले त्रिभुवन विमानस्थलमा स्थलगत अवलोकन गरिरहनु भएको छ । दुर्घटनाको दुखद घडीमा सबैमा धैर्य रहन अनुरोध गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले सो जानकारी गराउनु भएको हो । ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’