नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ काे माैद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीतिका लागि तयारी गरिसकेको छ । अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएको थियो। यो पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो।
अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भन्ने चासो छ। शेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन्।
मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने बताएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने दाबी गरेका छन्।