शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए । ‘तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भयो,’ डा. पौडेलले अनलाइनखबरसँग भने, ‘त्यही सुधार केन्द्रका सोमबार ल्याइएका अर्को युवकमा पनि पुष्टि भएको छ ।’ ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि टेकु अस्पतालले पाटनमा रेफर गरेको थियो ।
हालसम्म हैजा संक्रमित ती युवकले आफ्नौ हिसाबले उपचार गरिएको जानकारी प्राप्त भएको डा. पौडेलले बताए । हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।
त्यसैले हैजा विरुद्धको खोपको दिन सरकारले आवश्यक तयारी चाल्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । ‘जोखिमयुक्त ठाँउमा हैजाको खोपका दिन थाल्नुपर्छ । खोप ल्याउने कदम अगाडी बढाउनुपर्छ,’ डा. पुन भन्छन्, ‘संक्रमण फैलिएपछि नियन्त्रण गर्न सकिँदैन । भोलि अवस्था जटिल बन्नसक्छ ।’