जाजरकोटको छेडागाड नगरपालिका-१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन्।
शुक्रबार राति १ बजेतिर घरमुली ३५ वर्षीय पदम अधिकारी लगायत आठ जना घाइते भएका हुन्। उनीसँगै ६५ वर्षीया भिरकुली, ३० वर्षीया सरिता, १६ वर्षीया संगीता, १५ वर्षीया सुजता, १४ वर्षीय नविन, १४ वर्षीय नवराज र १० वर्षीय दिनेश घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
पदम, सरिता र दिनेश गम्भीर घाइते भएका छन्। उनीहरूसँगै ६ जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको पाण्डेले जानकारी दिए। सामान्य घाइते संगीता र नवराज घरमै रहेको प्रहरीले जनाएको छ।