आगामी तीन दिन भारी वर्षा हुने

आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै-कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुने बताए । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक-दुई स्थानमा अति भारी वर्षा हुने पनि देखिन्छ ।’

मौसमविद् अधिकारीका अनुसार रातिको समयमा धेरै पानी पर्नु मनसुनको विशेषता नै हो । यसका धेरै कारणहरुमध्ये एउटा कारणबारे जानकारी दिँदै मौसमविद् अधिकारी भन्छन्, ‘अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *