सरकारकाे राजदूत नियुक्तिकाे सिफारिस र फिर्ता बाेलाउने निर्णय

मन्त्रिपरिषदको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनी, पाेर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ ।

यसैगरी, बैठकले अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अन्य देशका राजदूतलाई यसअघि नै फिर्ता बोलाउने निर्णय भएकाले नेपाली राजदूतको पद रिक्त रहेको छ ।