स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा रहेको समस्यालाई हल गर्नका लागि केही नीति, नियमलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
मंगलबार पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा सामाजिक सुरक्षा अन्तर्गत अझै सञ्चालन हुन नसकेका कारणले केही परिमार्जन आवश्यक रहेको बताएका हुन् ।
समाजिक सुरक्षा अन्तर्गत बीमाको मोडल अगाडि बढाएकाले त्यसको दायित्व सरकारले पूर्ण रुपमा लिनुपर्ने उनको जिकिर छ । अब औपचारिक र अनौपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य रुपमा बीमामा जोड्न जरूरी भएको मन्त्री पौडेलले बताए ।