नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आज बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो।
यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जानकारी दिएको छ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले सूचना जारी गरी जनाएको छ।
मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ।