सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछु

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा उपत्यका मेयर्स फोरमहरूसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले काठमाडौँ उपत्यका मेयर फोरमले आफ्ना समस्याहरू खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।

उहाँले सहरी विकास मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्ने भन्ने नभएको भन्दै गाउँहरूमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि सहरी विकास मन्त्रालयमा रहेको जानकारी दिनुभयो । उहाँले सडकको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिने पनि बताउनुभयो । ‘‘तपाईँहरू आएर काठमाडौँ उपत्यका मेयर फोरमले जुन मलाई खुला रूपमा आफ्ना समस्याहरू राख्नुभएको छ । त्यसमा गम्भीर छु । मन्त्रालयले गर्नुपर्ने सहयोग म गर्न तयार छु । सहरी विकास मन्त्रालयले स्थानीय सरकारलाई काममा कतै व्यवधान र अवरोध भए त्यसलाई फुकाउन हामी तयार छौँ । यसलाई संयुक्त रूपमा काम गरौँ । सहरी विकास त यसले हेर्छ तर गाउँहरूमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि यसले हेर्छ । यो मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्छ भन्नेकुरा नठान्नुस् ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,

Leave a Reply

Your email address will not be published. Required fields are marked *