एमाले प्रदेश इन्चार्जः अर्याल र भट्ट कायम, अरु फेरिए

फाइल तस्विर

नेकपा (एमाले)मा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् । कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे । सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका एक नेताले बताए ।

नेकपा एमाले ले आज निम्न कामरेड हरु लाई तपशिल बमोजिमको प्रदेशमा ईन्चार्ज को जिम्मेवारि दियको छ ।
प्रदेशकाे जिम्मेवारी 
शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखराज भट्ट – सुदूरपश्चिम

अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *