कांग्रेस कर्णालीमा ४ मन्त्रीसहित सरकारमा सहभागी हुने

नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ ।

कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर बिष्टका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *