मंगलवार बिहानैदेखि परेको पानीका कारण काठमाडौंका सडकहरू जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ। काठमाडौंका मुख्य सडक खण्डहरूमा पानी जमेका छन् भने मानिसहरूलाई पनि आवतजावतमा समस्या भएको छ।
सडकमा जमेका पानीबीच नै सवारीहरू आफ्नो गन्तव्य तर्फ गइरहेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।