काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो । नदीको पानी सडक किनार र बस्तीसम्म आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनुहुनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।