जनताको काम गरौं, संघीयता टिक्छ, नभए मिल्काइदिन्छन् : भट्टराई

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले जनताको काम गरौं, संघीयता टिक्छ नभए जनता आफै उठेर मिल्काइदिन्छन् भन्नू भएको छ ।

नेता भट्टराईले मधेश प्रदेशमा २० सदस्यीय मन्त्रिमण्डल बनाइएकोमा आफ्नो फेसबुक स्टाटस मार्फत साे कुरा लेख्नु भएको छ । उहाँले  गरिब  देशमा मन्त्रीहरुको भीड लगाउनु राम्रो नहुने लेख्नु भएको छ ।

उहाँले प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो,भाग पुर्याउन होइन भन्दै सानो मन्त्रिमण्डल बनाउनुपर्ने सुझाव दिनु भएको छ ।

‘साथीहरु, प्रदेशहरुमा मन्त्रीहरुको लावालस्कर किन चाहियो ? मन्त्री हुनेलाई पनि गौरव हुन्छ र ? मलाई त होला जस्तो लाग्दैन,देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो,भाग पु¥याउन होइन,जनतातिर फर्काैं,सानो मन्त्रीपरिषद् बनाऔं,जनताको काम गरौं, संघीयता टिक्छ नभए जनता आफै उठेर मिल्काइदिन्छन् ’नेता भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघिको १५ सदस्यीय मन्त्रिपरिषदलाई बढाएर २० सदस्यीय बनाउनु भएको छ । मुख्यमन्त्रीको कार्यालयबाहेक ११ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मधेश सरकारको मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकार २० सदस्यीय बनेको छ । यो अहिलेसम्मकै जम्बो हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *