भेरी अस्पतालमा नौं हजार बिरामीले उपचारमा सहुलियत

भेरी अस्पताल नेपालगञ्जले विपन्न समुदाय, जेष्ठ नागरिक र लक्षित वर्गका बिरामीलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०८०।८१ मा करिब नौं हजार बिरामीले सहुलियत सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालले सामाजिक सेवा इकाईमार्फत् मापदण्डमा परेका बिरामीलाई सहुलियत उपलब्ध गराउँदै आएको जनाएको छ । शाखा प्रमुख आशा पन्तका अनुसार गत आवमा ५२६ जना विपन्न व्यक्तिहरुलाई दुई करोड ८० लाख ९७ हजार ७४९ रुपियाँ विपन्न बिरामीलाई सहुलियत दिइएको जानकारी दिनुभयो । सिकलसेल, स्पाईनल, टाउको र मुटुका बिरामीले यसबाट सहयोग पाउने गरेका छन् । २१५ जना मुटुका बिरामीले मात्रै दुई करोड १५ लाखको सहुलियत प्राप्त गरेका छन् ।

यसैगरी सामाजिक सेवा ईकाईमार्फत ६ हजार ३४ जनालाई सहुलियत सेवा दिइएको छ । यसरी सेवा लिनेमा तीन हजार २४२ नयाँ बिरामी र दुई हजार ७९२ जनाले दोहो¥याएर सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । सामाजिक सेवा इकाईमार्फत् ९३ लाख ७३ हजार ६९९ रुपियाँ सहुलियत दिइएको छ । जेष्ठ नागरिकतर्फ एक हजार ९६ जना नयाँ र एकहजार ३२७ ले दो¥याएर गरि दुई हजार ४२३ जनाले सहुलियत सेवा प्राप्त गर्नुभएको छ । जेरियट्रिकतर्फ ३५ लाख ८५ हजार ७०५ रुपियाँको सहुलियत दिइएको छ ।

भेरी अस्पतालमा मेडिसिन, सर्जरी, प्रसुती, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्यूरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रिया समेत यहाँ हुँदै आएको छ ।

यस अस्पतालमा लुम्विनी सहित कर्णाली र सुदुरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तरप्रदेशबाट समेत विरामीहरु सेवा लिन आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *