प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् ।
शनिबार लायन्स क्लबले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए ।
ती बालबालिका रोएको सम्झिँदा आफूलाई आँशु आउने भन्दै उनले भने, ‘म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति जालझेल गरेर कसरी आफ्नो खल्तीमा सार्न सक्छु, त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई राज्यबाट केही लिनु छैन ।’