पेरिस ओलम्पिक २०२४ को भव्य समापन

पेरिस ओलम्पिक २०२४ को भव्य समापन गरिएको छ। ३३औँ ग्रीस्मकालीन ओलम्पिक समापनमा ८० हजार दर्शकबीच स्टेड डे फ्रान्समा यसको समापन समारोह गरिएको हो। समापन समारोह भव्य कन्सर्ट जस्तो बनेको थियो।

समारोहमा खेलाडीको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई ‘सेलिब्रेट’ गरिएको थियो।

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरियो। सो अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले ओलम्पिक खेलको प्रशंसा गर्दै भने ‘ युद्ध र द्वन्द्वले विश्व विभाजित भए पनि खेलले विश्वलाई एक ठाउँमा राखेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *