चार प्रदेशका केही स्थानमा भारी वर्षको संभावना

फाइल तस्बिर

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति  देशभर आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *