नेकपा (एमाले)का पाेलिटव्यूराे सदस्य एवम् सांसद ठाकुर प्रसाद गैरे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति हुनु हुने भएको छ ।
संघीय संसदका दुई संयुक्त समितिको बैठक आज बस्दै छ। बैठकले सभापति चयन गर्ने कार्यसूची छ।
दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा एमालेका सांसद गैरेको उम्मेदवारी परेको छ ।
संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको हो। कांग्रेस एमालेको सत्ता गठबन्धनमा भागवण्डा अनुसार एक एक समितिको सभापति पाउने सहमति भएको छ। दुवै समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।